नयाँ वर्षमा हुन्डाईको गाडी किन्दा साढे ८ लाखसम्मको छुट

  २०७९ चैत १३ गते ११:५२     विकासन्युज

काठमाडौं । हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना ल्याएको हो । यो योजना चैत १३ देखि सुरु भएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले ५ लाख रुपैयाँसम्मको आकर्षक नगद छुटका साथै गाडीको निर्माण वर्षको आधारमा २ लाख रुपैयाँसम्मको छुट, नयाँ वर्ष बोनस ८० हजार रुपैयाँसम्म र एक्सचेन्ज बोनस ८० हजार रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् ।

यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा थप १ वर्षसम्मको निःशुल्क बिमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउँनेछन् । सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङका साथै निःशुल्क सडक कर भुक्तानीसहित उपलब्ध हुने कम्पनीले जनाएको छ ।

हुण्डाईले गएको महिना मात्रै भेन्यु र यनआइओयस फेसलिफ्ट भर्जन लञ्च गरेको थियो । यस स्किमबाट हुण्डाईको कुनै पनि ह्याटब्याक, कम्प्याक्ट, यसयुभि तथा इभि गाडी खरिद गरि फाइदा लिन सक्नेछन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरी १७ शोरुम तथा १९ सर्भिस सेन्टरमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.