ग्लोबल आइएमईले जम्मा गर्यो सेयरधनीको खातामा लाभांश

  २०७९ चैत १३ गते ८:०४     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । लघुवित्तले सेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक गराएको बैंक खातामा लाभांश जम्मा गरेको जनाएको छ ।

लघुवित्तको फागुन २४ गते सम्पन्न १०औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही नगद लाभांश फागुन २८ गतेदेखि आईपीएस मार्फत सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो ।

हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरुलाई तत्काल गर्न लघुवित्तले आग्रह गरेको छ । साथै डिम्याट नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराउनु पर्ने र सोही बैंक खातामा लाभांश जम्मा गर्ने जनाएको छ ।

नगद लाभांश बैंक खातामा नगएका सेयरधनीहरुको विवरण सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटलको वेभसाइटमा हेर्न सकिनेछ । साथै सेयर धितोमा राखी उपभोग गर्दै आएका सेयरधनीहरुले नो अब्जेक्सन लेटर वा कर्जा चुक्ता भएको प्रमाणपत्र बुझाउनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.