एनएलजी इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयर मूल्यमा समायोजन

  २०७९ चैत १३ गते ७:०२     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको सेयर मूलय समायोजन भएको छ । आइतबार नेप्सेले एनएलजी इन्स्योरेन्स कम्पनीको बोनस सेयरमूल्यमा समायोजन गरेको हो ।

कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा सोमबार कारोबार हुनेछ ।

कम्पनीको १० प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ५९१.८२ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । आइतबार कम्पनीको सेयर प्रतिकित्ता ६५१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.