नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

  २०७९ चैत १३ गते ६:५२     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार शिखर इन्स्योरेनस कम्पनी र नेपाल एसबिआई बैंकको बोनस सेयर नेप्सृमा सूचीकृत भएको हो ।

शिखर इन्स्योरेनसको १६ प्रतिशत बोनस वापतको ३६ लाख ८८ हजार ६६० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्यारेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८४२१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, नेपाल एसबिआई बैंकको ३ प्रतिशत बोनस वापतको २९ लाख ४७ हजार ७५५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.