सेवा सुविधा सुनिश्चित गरेर मात्रै मर्जर गर्न दुई बीमा कम्पनीका कर्मचारी संघको माग

  २०७९ चैत १२ गते १६:४६     विकासन्युज

काठमाडौं । प्राइम, गराँस र युनियन लाइफ इन्स्योरेन्सले सबै कर्मचारीको रोजगार सुनिश्चि गरेर मात्र मर्ज हुन पाउने कर्मचारीहरुले माग राखेका छन् ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी कर्मचारी संघ र गुराँस लाइफ इन्स्योरेन्स कर्मचारी संघले संयुक्त मर्जर समितिलाई चिठी लेख्दै यस्तो माग राखेका हुन् ।

कर्मचारीहरुको सम्मानजनक रुपमा समायोजन गरिनुपर्ने, कर्मचारीहरुले खाई(पाई आएको तलव भत्ता सुविधा एवं कर्मचारी विनियमावली एवं सामुहिक सौदावाजीको माध्यमबाट प्राप्त हुदै आएका सेवा सुविधा कटौती गर्न नहुने, मर्जर पश्चात कर्मचारीहरुले पाउने तलव भत्ता सुविधा र अन्य सेवा शर्तमा विभेद गर्न नहुने उनीहरुको माग छ ।

यस्तै, उनीहरुले कर्मचारीहरुका लागि सम्मानजनक र न्यायोचित स्वेच्छिक अवकास ९ भिआरएस० को योजना ल्याउनुपर्ने र मर्जर पश्चात कम्पनीको नयाँ बन्ने कर्मचारी विनियमावली बनाउंदा कर्मचारी संघको छलफल र सहमतिमा निर्माण गरिनुपर्ने माग राखेका छन् ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स बीच एक आपसमा गाभिने अन्तिम सहमति भइसकेको छ ।

प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स १:१:१ सेयर अनुपातमा गाभिने भएका हुन् । तसर्थ, यी तीन वटै कम्पनीमा १०० कित्ता सेयर हुने सेयरधनीहरूले मर्जर पछि बन्ने कम्पनीको पनि १०० कित्ताकै दरमा सेयर पाउनेछन् ।

मर्जरपछि कम्पनीको सञ्चालक समितिको अध्यक्षमा सुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्ण रहने सम्झौता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.