निसान गाडीको लागि पायोनियर मोटो कर्पले ल्यायो ‘सुरक्षा प्याकेज’

  २०७९ चैत १२ गते १६:२३     विकासन्युज

काठमाडाैं । पायोनियर मोटो कर्पले आफ्ना निसान गाडीका ग्राहकहरूको सुविधाका लागि ‘निसान सुरक्षा’ प्याकेज ल्याएकाे छ । कम्पनीकाे निसान किक्स र निसान म्याग्नाइट गाडीहरूका लागि आफ्टर-सेल्स सेवाकाे रुपमा याे प्याकेज ल्याएकाे हाे ।

यो प्याकेजले निसान गाडीका ग्राहकहरूलाई किफायती र सुविधाजनक सेवा पुर्‍याउने कम्पनीले बताएकाे छ ।

पायोनियर मोटो कर्पले ग्राहकको गाडीलाई उचित रूपले जाँच गर्ने उपकरण, जेनुइन स्पेयर पार्टस्, र प्राविधिन ज्ञान भएका मेकानिकहरूबाट नै सेवा पुर्‍याउने कुरा सुनिश्चित गर्दछ ।

कम्पनीकाे अनुसार यो प्याकेज गोल्ड र सिल्भरमा उपलब्ध छ । सिल्भर प्याकेजमा नि:शुल्क इन्जिन आयल, आयल फिल्टर, ड्रेन प्लग, एयर फिल्टर, आदि समाविष्ट गरिएको छ भने गोल्ड प्याकेजमा सिल्भर प्याकेजका सबै सुविधाहरूका साथै व्हिल अलाइनमेन्ट र ब्यालेन्सिङ, ब्याट्री टर्मिनल ग्रिसिङ, कुलेन्ट र अन्य विभिन्न सुविधाहरू समावेश छन् ।

यस्तै, दुवै प्याकेजहरूमा नि:शुल्क २४-घण्टे रोड साइड असिस्टेंस, बडि पार्टस् र  शुल्कमा पनि १० प्रतिशतसम्मको छुट समावेश गरिएको छ ।

यो सेवा नेपाल अधिराज्य भरी रहेका निसानका सम्पुर्ण सर्भिस सेन्टरहरुमा उपलब्ध रहेकाे कम्पनीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.