२०७९ चैत १२ गते १६:१० विकासन्युज
काठमडौं । विद्युत नियमन आयोगले ६६ वटा कम्पनीलाई प्राथमिक तथा हकप्रद सेयर निष्कासनको पूर्व स्वीकृति दिएको छ । आयोगले हालसम्म विभिन्न नामक ६६ वटा हाइड्रोपावरका कम्पनीलाई सेयर निष्कासनको पूर्व स्वीकृति दिएको हो ।
विद्युत नियमन आयोगका अनुसार आर्थिक वर्ष २०७६र०७७ देखि २०७७/०७८ मा २४, २०७८/०७९ को असार मसान्तसम्म १८ र आर्थिक वर्ष २०७९/०८० को फागुन मासान्तसम्म २४ गरी जम्मा ६६ वटा कम्पनीलाई सेयर निष्कासनको पूर्व स्वीकृति दिएको हो ।
यस्तै, चालू आर्थिक वर्ष २०७९/८० को फागुन मासान्त सम्म ९१ वटा विद्युत कम्पनीका सेयर संरचना परिवर्तन स्वीकृति पाएका छन् । आयोगबाट आर्थिक वर्ष २०७६/०७७ देखि २०७७/०७८ मा ५३, २०७८र०७९ को असार मसान्तसम्म २१ र आर्थिक वर्ष २०७९/०८० को फागुन मासान्तसम्म १४ गरी जम्मा ९१ कम्पनीले जलविद्युत कम्पनीको सेयर संरचना परिवर्तन स्वीकृति पाएका हुन् ।
हालसम्म आयोग बाट ७८ वटा कम्पनीले विद्युत खरिद बिक्रीको दरको निर्धारण तथा विद्युत सम्झौता सहमति पाएको अध्यक्ष सिंहले जानकारी दिए । विद्युत कम्पनीको स्वामित्व हस्तान्तरणरआयोजना, प्राप्ति र ग्रहण सहमति २० वटा कम्पनीलाई दिइएको छ । आयोगका अनुसार आर्थिक वर्षको फागुन मसान्तसम्म ५ सय ३९ वटा कम्पनीलाई सेवा आयोगले दिएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.