खड्का अर्थमन्त्री बन्ने, रेसबाट बाहिरिए महत र चौधरी

  २०७९ चैत १२ गते १०:५४     विकासन्युज

काठमाडौं । नेपाली काँग्रेसले पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई अर्थमन्त्रीको रुपमा सरकारमा पठाउने आन्तरिक सहमति गरेको छ । पार्टीले खड्कालाई अर्थमन्त्रीका रुपमा उनकै नेतृत्वमा सरकारमा सामेल हुने आन्तरिक सहमति गरेको हो ।

माओवादी केन्द्रले गृहमन्त्रालयको माग गरेपछि काँग्रेसले अर्थमन्त्रालय मा दाबी गरेको हो । यसअघि काँग्रेसबाट डा. प्रकाशशरण महत, विनोद चौधरी लगायतको नाम अर्थमन्त्रीको रुपमा चर्चा भएपनि अन्तत: खड्का अर्थमन्त्री बन्ने देखिएको हो । स्रोतका अनुसार नेपाली काँग्रेसले औपचारिक रुपमा निर्णय भने गरिसकेको छैन ।

‘खड्कालाई अर्थमन्त्री बनाएर उनकै नेतृत्वमा सरकारमा पठाउने आन्तरिक सहमति भएको छ, बिचमा कुनै विवाद नभएको खण्डमा उनी नै अर्थमन्त्री बन्नेछन्,’ स्रोतले भन्यो ।

खड्का सुर्खेतका हुन् । उनी नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य हुँदै पार्टी उपसभापतिसम्म बनेका छन् । काँग्रेसको १४ औं महाधिवेशनमा उनी काँग्रेसको निर्वाचित पहिलो उपसभापति बनेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.