सिद्धार्थ क्यापिटलले चैत २६ गतेदेखि इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ बिक्री गर्दै

  २०७९ चैत १२ गते ११:०२     विकासन्युज

काठमाडौं । सिद्धार्थ क्यापिटलले चैत २६ गतेदेखि सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम-३ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम–३ ले १२ अर्ब रुपैयाँ बराबरको इकाई बिक्री खुला गर्ने भएको हो । क्यापिटलले १० वर्ष अवधिको बन्दमुखी योजना बिक्री गर्ने भएको हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड इकाई बिक्री गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् १ करोड २० लाख इकाई कोष प्रबद्र्धक सिद्धार्थ बैंकलाई, ५ प्रतिशत अर्थात् ६० लाख इकाई कोष व्यवस्थापक सिद्धार्थ क्यापिटललाई र बाँकी १० करोड २० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरेको हो ।

क्यापिटलको फण्डमा लगानीकर्ताले न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म खरिद गर्न सकिनेछ । क्यापिटलको फण्डमा छिटोमा चैत २९ गतेसम्म आवेदन दिन पाइनेछ । यदि सो समयमा पूर्ण आवेदन नपरेमा २०८० बैशाख १० गतेसम्म आवेदन दिन समय लम्बिनेछ ।

फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । सो फण्डमा लगानीकर्ताले स्वीकृती प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.