गुराँस लाइफले घोषणा गर्याे हालसम्मकै उच्च लाभांश

  २०७९ चैत १२ गते १०:४०     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीकोले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले १३.२७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३.२७ प्रतिशतले हुन आउने २९ करोड ७१ लाख ९३ हजार रुपैयाँ बराबरको लाभांश वितरण गरेको हो ।

कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब २३ करोड ९३ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले घोषणा गरेको लाभांश हालसम्मकै उच्च हो । इन्स्योरेन्स कम्पनीले यसअघि आर्थिक वर्ष २०७१/७२ मा १०.५२ प्रतिशतसम्म लाभांश वितरण गरेको थियो ।

इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.