२०७९ चैत १२ गते ६:३१ विकासन्युज
काठमाडौं । सिद्धार्थ बैंकले वितरण गरेको लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको छ । बैंकको गत पुस २८ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाले पारित गरेको १२.५० प्रतिशत बोनस सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो ।
बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएपश्चात् हितग्राही खातामा जम्मा गरेको बैंकले जनाएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १२.५० प्रतिशत बोनस सेयर र ०.६६ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।
बैंकले बुक क्लोज गरेको दिनसम्म कायम सेयरधनीहरुको हितग्राही खातामा बोनस जम्मा गरेको हो । साथै, बैंकले हालसम्म डिम्याट अभौतिकीकरण नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण अद्यावधिक गराउन आग्रह गरेको छ । बैंकको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल रहेको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.