सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

  २०७९ चैत ११ गते १७:३२     विकासन्युज

भक्तपुर । नयाँवर्ष २०८० सालको अवसरमा भक्तपुरमा ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८०’ को आयोजना हुने भएको छ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना र भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा महोत्सव हुन लागेको आयोजकले जानकारी दिएको हो ।

यहिँ चैत्र २३ गतेदेखि २०८० साल बैशाख ३ गतेसम्म ११ दिने महोत्सवको आयोजना हुने महोत्सवका संयोजक दीपक थापाले बताए ।
“हामीले उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँवर्षको अवसरमा बृहत औद्योगिक तथा व्यापार महोत्सव आयोजना गर्न लागेको हौं,” थापाले भने ।

भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ सय रोपनी जग्गामा महोत्सवको हुने जहाँ २०० भन्दा बढी स्टल रहनेछन् ।
यहाँ मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, बिभिन्न्न प्रकारका लत्ताकपडाहरुका स्टलहरु हुने संयोजक थापाले बताए ।

कृषि तथा हस्तकलाका सामाग्रीहरु, भाँडाकुडाका सामाग्रीहरु, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिएका छन् ।

सो स्थानमा अटोमोवाईल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोवाईल, ईलेक्ट्रोनिक्स सामानहरुको स्टल रहनेछन् । “बिक्री गरिने सामानहरुमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेका छौं,” औद्योगिक शान्ति नेपाल अध्यक्ष महतले भने ।

महोत्सवमा करिब ५ लाख उपभोक्ताले अवलोकन तथा सेवा लिने र करिब स्टलहरुबाट करिब १० देखि १२ करोड रुपैयाँको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ ।

दैनिक सांगीतिक प्रस्तुती, बाल उद्यानपनि

आयोजकका अनुसार महोत्सवमा बाल उद्यान, रोटेपिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामाग्रीका साथै दर्जनौं राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक र हाँस्य व्यङ्गय सहितका मनोरञ्जनात्मक प्रस्तुती रहनेछ ।

महोत्सवमा हरेक दिन व्याण्डको प्रस्तुति, नृत्य प्रतियोगिता, बि–बोईङ र अन्य मनोरञ्जनात्मक कार्यक्रमहरुको समेत आयोजना हुनेछ ।
प्रवेश शुल्क ५० र ७० रुपैयाँ रहेकोमा विद्यार्थी र जेष्ठ नागरिकलाई छुटको व्यवस्था गरिएको संयोजक थापाले बताए ।

महोत्सवमा भक्तपुर, काठमाण्डौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका वासिन्दाले यसबाट लाभ लिनेछन्,, थापाले भने ।
बैशाख ४ गते भने विशेष सांस्कृति कार्यक्रम हुने सो कार्यक्रमको टिकटको मुल्य २०० रुपैयाँ रहेको आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.