पौरखी किसान : भाडाको जग्गा, वार्षिक १ करोड कमाई

  २०७९ चैत ११ गते १२:५५     विकासन्युज

फाइल फोटो

काठमाडौं । गरे के हुँदैन, इच्छाशक्ति र जाँगर भए सबै सम्भव छ । यही भनाइलाई चरितार्थ गरेका छन्, सुनसरीको भोक्राहाका जब्बासा मियाले ।

भनेजस्तो काम र कमाई नभएपछि खाडी मुलुकबाट फर्किएका जब्बासा यतिबेला भने आफैँ मालिक बनेका छन् । इनरुवा ८ मा १३ बिगाहा जमिन भाडामा लिएर एकल लगानीमा काम थालेका उनले तेस्रो वर्षमा खेती गरिरहेका छन् । जसले उनलाई करोडपति बनाइसकेको छ ।

मौसमी खेती गर्दै आएका उनले यतिबेला खेतमा काँक्रो र भान्टा फलाइरहेका छन् । भाडाको जग्गामा केरा खेतीसँगै विभिन्न सागशब्जीको उत्पादन बेच्न उनलाई भ्याईनभ्याई छ । उनले मासिक २० हजारसम्म तलव दिएर २० जना कामदारलाई रोजगारी समेत दिएका छन् ।

आफ्नो खेती र किसानी पेशामा दङ्ग उनी उब्जाउलाई बिस्तार गर्ने सोचमा छन् । विदेशमा भनेजस्तो नभएपछि फर्केर किसानी पेशामा लागेको बताउने जब्बासा वार्षिक १ करोड हाराहारीको आमदानी गर्ने गरेको बताउँछन् । जसबाट घरखेत जोड्दै गएको उनले बताए ।

‘अर्काको अनुशासनमा बस्न र दुःख झेल्न किन विदेश जाने, आफ्नै माटोमा श्रम बगाए यहीँ छ सबकुच, परिवार, पैसा अनि शान्ति, केरा खेतीमा मनग्य आम्दानी छ, तरकारीमा खर्च कटाएर चार भागको तीन भाग आम्दानी गर्न सकिन्छ, कोही कसैले सिक्न चाहे आफूले जानेको सिकाउन सदैव तयार छु,’ उनले भने ।

जब्बासाले उत्पादन गरेको तरकारी अधिकांशजसो पूर्वका ठूला बजारमा पुग्ने गर्छ । तरपनि उनी स्थानीय बजारमा भारतीय व्यापारीको रजार्इंका कारण दुखी छन् । नेपाली उत्पादनले ठाउँ नै नपाउँदा आफू जस्ता किसान मार्कामा पर्ने गरेको उनको भनाई छ । उनले सरकारसँग साना किसानहरुलाई पिनि हेरिदिओस् भन्ने अपक्षा समेत राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.