मुडुखु नाकाबाट ओखरपौवासम्म फोहोर बोक्ने गाडीलाई टाइमकार्ड

  २०७९ चैत ११ गते १२:२२     विकासन्युज

फाइल फोटो

काठमाडौं । सहज र सुरक्षित यात्रा तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मुडुखु नाकाबाट तीनपिप्ले हुँदै ओखरपौवा चल्ने फोहोर बोक्ने गाडीलाई आजबाट (शनिबार) देखि टाइमकार्ड लागू गरिएको छ ।

दुर्घटनाको जोखिम हुने गरी तीव्रगतिमा सवारी साधन चलाउने गरेको र असुरक्षित महसुस भएको गुनासो स्थानीयबाट आए पश्चात काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगरपालिकाको संयुक्त पहलमा उक्त सडकखण्डमा फोहोर बोक्ने गाडीका लागि आजबाट टाइमकार्ड लागू गरिएको हो ।

मुड्खु नाकामा चालकलाई टाइमकार्ड दिइने र पालना भए नभएको तिनपिप्ले र ओखरपौवा चेकपोष्टबाट चाँज हुने जनाईएको छ ।

मुड्खुदेखि तीनपिप्लेसम्मको सडकखण्डमा प्रतिघण्टा ३० किलोमीटर र तीनपिप्लेदेखि ओखरपौवा चेकपोष्टसम्मको सडकखण्डमा प्रतिघण्टा २० किलोमीटर गति निर्धारण गरिएको छ ।

मुड्खुदेखी तीनपिप्लेसम्मको ५ किलोमीटर सडकखण्ड पार गर्न न्यूनतम १० मीनेट र तीनपिप्लेदेखि ओखरपौवासम्मको ८ किलोमीटर सडकखण्डमा न्यूततम २५ मीनेट समय निर्धारण गरिएको छ ।

तोकिएको स्थानमा निर्धारित समयभन्दा छिटो पुगेमा कारबाही गरिने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । टाइमकार्डले आवागमन व्यवस्थापनको साथमा गन्तव्य स्थानमा छिटो पुग्नका लागि तीव्र गतिमा सवारी साधन चलाउने प्रवृत्तीलाई निरुत्साहित गर्नेछ ।

सहज र सुरक्षित यात्राको लागि टाइमकार्डका साथै ट्राफिक नियमको पूर्ण पालना गर्न चालकलाई अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.