नेपाली स्कूटरको मूल्य एक लाख बढाउन विदेशी स्कूटरको दवाव

  २०७९ चैत १० गते १८:५३     विकासन्युज

काठमाडौं । नेपालमै उत्पादन हुने तयारीमा रहेको विद्युतीय स्कूटर ग्रन्थको मूल्य बढाउन विदेशी उत्पादक तथा तिनका वितरकले दवाव दिएका छन् । नेपाली बजारमा रहेका विदेशमा उत्पादिन स्कूटर कम्पनीहरूले ग्रन्थ ईभीको मूल्य कम भएको र त्यसलाई बढाउन दबाब दिएका उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुजन ढुंगेलले बताएका छन् ।

अन्य भन्दा सस्तो मूल्यमा गुणस्तरीय विद्युतीय स्कूटर उत्पादन गर्ने तयारीमा रहेको ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि वैशाखदेखि ग्रन्थ ईभी नेपालमै उत्पादन गर्ने गरी काम अगाडि बढाएको छ ।

तर काम अन्तिम चरणमा पुग्दा स्कूटरको मूल्य बढाउन ठूला कम्पनीले नै दबाब दिन थालेको ढुंगेलले जानकारी दिए । ग्रन्थ ईभीले साढे २ लाखदेखि ३ लाख रूपैयाँमा उच्चस्तरीय सुविधासहितको विद्युतीय स्टकुर प्रदान गर्ने जनाएको छ ।

‘साढे २ लाखदेखि ३ लाख रूपैयाँमा विद्युतीय स्टकुटर दिने तयारी गरेका छौं,’ कम्पनीले विज्ञप्तीमा भनेको छ, ‘तर बजारमा उपलब्ध अन्य स्कूटर बिक्री गर्ने कम्पनीले आफ्नो जत्तिकै मूल्य राख्न दबाब दिएका छन् ।’ यसरी दवाव दिन कम्पनीहरूकाे नाम भने ग्रन्थ इभीले उल्लेख गरेकाे छैन ।

यदी आफ्नो स्कूटरहरूको मूल्य अनुसार ग्रन्थ ईभीको मूल्य नराखे उद्योगमा गार्‍हो हुने भन्दै घुमाउरो पारामा घम्की दिइरहेको ढुंगेलले बताए । विशेष गरी बैंकमा सञ्चालक रहेका व्यक्तिको स्कूटर कम्पनीबाटै दबाब आएको छ । बजारमा उपलब्ध अन्य स्कूटर भन्दा ग्रन्थ ईभी १ लाख सस्तो रहेको कम्पनीको भनाइ छ ।

यस्तो छ ग्रन्थ ईभीको स्कूटरको विशेषता

ग्रन्थले बनाउने विद्युतीय स्कूटरमा साइड ड्राइभ मोटर प्रयोग गरिएको छ । यो मोटरका कारण उकालो ओरालोमा स्कूटर सजिलै गुडाउन सकिन्छ ।
राम्रो र पावरफुल परपर्मेन्स पनि हुन्छ । पर्मानेन्ट म्यागनेट सिङ्क्रोनाइजेसन मोटर प्रविधिमा आधारित साइड ड्राइभ मोटर प्रविधि टेस्लाले समेत प्रयोग गर्ने गरेको ढुंगलले बताउँछन् ।

अरू स्कूटरमा सामान्यतया हब मोटर प्रयोग गरिएको हुन्छ । यो प्लेन एरिया गुड्न सजिलो सक्छ तर उकालो, ओरालोमा राम्रोसँग गुड्न सक्दैन् । कम्पनीको स्कूटरमा लिथिमय आइरन फस्पेट ब्याट्रि प्रयोग गरिएको छ । यो ब्याट्रीले रेञ्ज बढी दिन्छ । ब्याट्री र मोटरमा ३ वर्ष वारेन्टी पाइने छ ।

४ देखि साढे ४ घण्टामा उक्त स्कूटर फुल चार्ज हुनेछ भने अधिकतम रेञ्ज ११० किलोमिटर दिनेछ । यसमा ब्याट्री ब्रेक रिजेनेरेटेड सिस्टम प्रयोग गरिएको छ । यसले गर्दा ब्रेक हान्दा खर्च भएको शक्तिले फेरि ब्याट्रीमा आएर रिचार्ज हुन्छ, जसले गर्दा रेञ्ज बढी दिनेछ । स्कूटरमा फास्ट चार्जर प्रविधि पनि राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.