२०७९ चैत १० गते १३:०४ विकासन्युज
काठमाडौं । विद्यार्थीले स्वदेशमा सम्भावनाको खोजी गर्नुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिरपाली ठकुरीले बताएकी छिन् ।
बिहीबार काठमाडौंमा आयोजित लर्ड बुद्ध एजुकेशन फाउन्डेशनको दिक्षान्त समारोहलाई सम्बोधन गर्दै दिक्षित विद्यार्थीहरु देशको कर्णधार भएकाले विद्यार्थीहरुले देखेको भिजन र मिशनको सम्भावना स्वदेशमा खोजी गर्नुपर्ने बताएकी हुन् ।
यस्तै, समारोहमा लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका अध्यक्ष पंकज जलानले दिक्षान्त समारोहलाई सम्बोधन गर्दै पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने श्रमिकको संख्या बढेकाले सिपमुलक जनशक्ति उत्पादन गरी विदेश पठाउन सकेमा रेमिटयान्स बढ्ने बताए ।
पर्यटन क्षेत्रमा प्रविधिको महत्व र धार्मिकस्थललाई भर्चुअल टुरहरु माफर्त सुचना प्रविधिको प्रयोग गरेर पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न सकिने उनी बताउँछन् ।
बिहीबार सम्पन्न दिक्षान्त समारोहमा सन २०२२ मा स्नातक तह उत्तीर्ण गरेका सुचना प्रविधिका ४९, स्नातकोत्तर तह एमबिएका १९, एमएससी सुचना प्रविधि व्यवस्थापन ४९ गरी कुल १ सय १७ जना विद्यार्थीहरु दीक्षित भएका छन् ।
एसिया प्यासिफिक विश्वविद्यालय अफ टेक्नोलोजी एण्ड इनोभेसनबाट सम्बन्धन प्राप्त लर्ड बुद्ध एजुकेशन फाउन्डेशन नेपालको पहिलो सुचना प्रविधि कलेज हो ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.