२०७९ चैत १० गते ११:४२ विकासन्युज
काठमाडौं । नेपालको कुल जनसंख्या २ करोड ९१ लाख पुगेको छ ।
प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल ‘दाहाल प्र चण्ड’ ले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ अनुसार (जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर ९ गते) को नतिजा अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको हो ।
जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ । जस अनुसार लैङ्गिक अनुपात अर्थात प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ ।
गत २०६८ सालको जनगणना अनुसार कूल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ र लैङ्गिक अनुपात ९४.१६ थियो ।
यस्तै, सार्वजनिक गरिएको २०७८ को जनगणना अनुसार देशमा ६६ लाख ६६ हजार ९३७ कूल परिवार बसोबस रहेको छ । जसमध्ये व्यक्तिगत परिवार ६६ लाख ६० हजार ८४१ र संस्थागत परिवार ६,०९६ रहेका छन् । प्रतिपरिवार अक्सर बसोबास गर्ने सदस्य औसतमा ४.३७ जना रहेको छ, जुन २०६८ सालमा ४.८८ जना रहेको थियो ।
राष्ट्रिय योजना आयोगले केन्द्रीय तथ्यांक विभाग मार्फत् २५ कात्तिकदेखि ९ मंसिर ०७८ सालको जनगणना संकलन गरेको थियो । त्यसको प्रारम्भिक नतिजा गत वर्ष माघमै सार्वजनिक गरिएको थियो । प्रारम्भिक रिपोर्टमा नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० जना रहेकाे थियाे ।
नेपालमा हरेक १०–१० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.