२०७९ चैत १० गते ८:११ विकासन्युज
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले लाभांश सेयरधनीहरुलाई वितरण गर्न सुरु गरेको छ । लघुवित्तको गत पुस ३० गते सम्पन्न सातौं वार्षिक साधारण सभाले पारित गरेको ४ प्रतिशत बोनस लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको हो ।
लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएपश्चात् हितग्राही खातामा जम्मा गरेको लघुवित्तले जनाएको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ०.२१०५ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।
लघुवित्तले बुक क्लोज गरेको दिन (पुस १९ गते)सम्म कायम सेयरधनीहरुको हितग्राही खातामा बोनस जम्मा गरेको हो । साथै, लघुवित्तले हालसम्म डिम्याट अभौतिकीकरण नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण अद्यावधिक गराउन आग्रह गरेको छ । लघुवित्तको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल रहेको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.