२०७९ चैत १० गते ८:०१ विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशन पछि जीवन विकास लघुवित्तको लाभांश दोस्रो पटक घटाइएको छ । राष्ट्र बैंकको निर्देशन पछि लघुवित्तले १५ प्रतिशत मात्रै लाभांश वितरण गर्ने भएको हो ।
लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १४.२८५ प्रतिशत बोनस सेयर र ०.७१४१ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यसअघि लघुवित्तले २८ प्रतिशत बोनस सेयर र ९.३६८४ प्रतिशत नगद गरी कूल ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । राष्ट्र बैंकको निर्देशन पछि लघुवित्तले २६ प्रतिशत बोनस सेयर र ७.१५ प्रतिशत नगद गरी कूल ३३.१५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
पुनः राष्ट्र बैंकको निर्देशन भन्दै १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न चैत्र ३० गते मोरङको कटहरी स्थित केन्द्रीय कार्यालयमा वार्षिक साधारणसभा बोलाएको छ ।
लाभांश तथा साधारणसभा प्रयोजनार्थ लघुवित्तले चैत १७ गतेदेखि चैत ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले सभामा भाग लिई लाभांश प्राप्त गर्न सक्नेछन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.