४ कम्पनीको साधारणसभा आज हुँदै, लाभांश र मर्जर मुख्य एजेण्डा

  २०७९ चैत १० गते ७:४१     विकासन्युज

काठमाडौं । तीन लघुवित्तसहित ४ वटा संस्थाको बार्षिक साधारणसभा शुक्रबार हुने भएको छ । छिमेक लघुवित्त, साना किसान लघुवित्त, आरएमडिसी लघुवित्त र साल्ट ट्रेडिङ्ग कर्पोरेशनको वार्षिक साधारणसभा आज चैत्र १० गते बस्ने भएको हो ।

छिमेक लघुवित्तको २१ औं वार्षिक साधारणसभा हेटौंडा–४ मकवानपुर स्थित होटल सामनामा बिहान ११ बजेदेखि सुरु हुनेछ । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको २२ प्रतिशत बोनस सेयर र ३.२६ प्रतिशत नगद गरी कूल २५.२६ प्रतिशत लाभांश पारित गर्नेछ ।

लघुवित्तको सभाले अधिकृत पुँजी २ अर्ब ५० करोडबाट वृद्धि गरी ३ अर्ब ७५ करोड रुपैयाँ पुर्याउनेछ । साथै, बोनस सेयर वितरणपश्चात् चुक्ता पूँजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँ पुर्याउने प्रस्तावसमेत पारित गर्नेछ ।

यस्तै, साना किसान लघुवित्तको २४ औँ वार्षिक साधारणसभा कृषि विकास बैंक केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा ११ बजेदेखि सुरु हुनेछ । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर र १.३६ प्रतिशत नगद गरी कूल २७.३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, आरएमडिसी लघुवित्तको २४ औँ बार्षिक साधारणसभा अमृत भोग कालिकास्थान, काठमांडौमा बिहान ११ बजेदेखि सुरु हुनेछ । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर र १.६ प्रतिशत नगद गरी कूल २७.३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साना किसाना लघुवित्त र आरएमडिसी लघुवित्तको सभाले एकआपसमा मर्ज हुने सम्बन्धी प्रस्तावहरु प्नि पारित गर्नेछन् । आरएमडिसी लघुवित्तको १ कित्ता सेयर बराबर साना किसान लघुवित्तको ०.८७ कित्ता (१ः०.८७)को स्वाप रेसियोमा मर्ज हुनेछन् ।

यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनको साधारण सभा त्रिभुवन आर्मी अफिर्स क्लब भद्रकाली काठमाडौंमा दिउँसो १२ः१५ बजेदेखि सुरु हुनेछ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.