शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १३.३० प्रतिशत बोनस डिम्याट खातामा

  २०७९ चैत १० गते ७:१२     विकासन्युज

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश सेयरधनीहरुलाई वितरण गर्न सुरु गरेको छ । बैंकको गत पुस २५ गते सम्पन्न १४ औां वार्षिक साधारण सभाले पारित गरेको १३.३० प्रतिशत बोनस लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको हो ।

बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएपश्चात् हितग्राही खातामा जम्मा गरेको बैंकले जनाएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र ०.७ प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गरेको हो ।

बैंकले बुक क्लोज गरेको अघिल्लो दिनसम्म कायम सेयरधनीहरुको हितग्राही खातामा बोनस जम्मा गरेको हो । साथै, बैंकले हालसम्म डिम्याट अभौतिकीकरण नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण अद्यावधिक गराउन आग्रह गरेको छ । बैंकको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.