विलासी जीवन र फजुल खर्चका लागि कर्जा लिनुहुँदैन : राष्ट्र बैंक

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले विलासी जीवनमा खर्च गर्नका लागि कर्जा लिन नहुने बताएको छ । ग्लोबल मोनी विक २०२३ सम्बन्धी सचेतना दिँदै राष्ट्र बैंकले विलासी जीवन तथा अनवाश्यक खर्च गर्नका लागि कर्जा लिन नहुने बताएको हो । साथै राष्ट्र बैंकले कर्जाको प्रयोगबाट आम्दानी सिर्जना गर्नुपर्ने बताएको छ । ‘विलासी जीवन तथा फजुल खर्चका लागि [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले विलासी जीवनमा खर्च गर्नका लागि कर्जा लिन नहुने बताएको छ । ग्लोबल मोनी विक २०२३ सम्बन्धी सचेतना दिँदै राष्ट्र बैंकले विलासी जीवन तथा अनवाश्यक खर्च गर्नका लागि कर्जा लिन नहुने बताएको हो ।

साथै राष्ट्र बैंकले कर्जाको प्रयोगबाट आम्दानी सिर्जना गर्नुपर्ने बताएको छ ।

‘विलासी जीवन तथा फजुल खर्चका लागि कर्जा लिनुहुँदैन, कर्जाको प्रयोगले आम्दानी सिर्जना गर्नुपर्दछ,’ राष्ट्र बैंकले भनेको छ ।

राष्ट्र बैंकका अनुसार कर्जाको प्रयोग कसरी गर्ने र कर्जा कसरी तिर्ने भन्ने स्पष्ट योजना बनाएर मात्र कर्जा लिनुपर्दछ ।

राष्ट्र बैंकले गत सोमबारदेखि ग्लोबल मोनी विक २०२३ साताव्यापी रुपमा मनाइरहेको छ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रुपमा मनाइने ग्लोबल मनी विकको यो ११ औं संस्करण हो ।

राष्ट्र बैंकले यसपटक ‘प्लान योर मनी, प्लान्ट योर फ्यूचर’ भन्ने मूल नाराका साथ यसपटक ग्लोबल मनी विक मनाइरहेको छ ।

Share News