सानिमा रिलायन्सको एकीकृत कारोबार सुरु, सिनर्जी ल्याएर प्रतिफल बढाउने

  २०७९ चैत ९ गते १९:४१     विकासन्युज

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सबीच एकीकृत कारोबार सुुरु भएको छ । दुई कम्पनीले सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स लिमिटेडको नामबाट बिहीबारदेखि एकीकृत कारोबार सुरु गरेका हुन् ।

दुई कम्पनीबीच एकीकृत कारोबारसँगै अब थप सिनर्जी उत्पन्न गरेर प्रतिफल बढाउने कम्पनीको दाबी छ ।

यी दुई कम्पनीबीच गत असार २९ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । त्यसको ८ महिनापछि एकीकृत कारोबार गर्न सफल भएका हुन् । प्राधिकरणले गत फागुन १८ गते दुई कम्पनीलाई स्वीकृति दिएको थियो ।

दुई कम्पनी बराबर हैसियत अर्थात् सेयर अनुपात १ः१ स्वाप रेसियोमा एकीकृत कारोबार गरेका हुन् । मर्जरपश्चात् बन्ने कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।

साथै, अब कम्पनीको जीवन बीमा कोष ८ अर्ब ३४ करोड रुपैयाँ, जगेडा कोष ७७ करोड ५९ लाख रुपैयाँ र सेयरधनी कोष ४ अर्ब ९६ करोड रुपैयाँ पुग्नेछ । साथै, मर्जर पश्चात् कम्पनीको खुद नाफा २८ करोड ३० लाख रुपैयाँ र लगानी १३ अर्ब ५० करोड रुपैयाँ पुगेको जनाएको छ ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथ पाण्डे बनेका छन् भने कम्पनीको सञ्चालक समिति अध्यक्षमा तारा चन्द केडिया नियुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.