मर्जरमा जाने कम्पनी भाग्यमानी हुन् : अध्यक्ष सिलवाल

  २०७९ चैत ९ गते १९:३१     विकासन्युज

काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले मर्जरमा जाने कम्पनीको प्रशंसा गरेका छन् । बिहीबार सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले कम्पनीहरुले बीमा समितिको मर्जर नीतिलाई अनुशासित ढंगले आत्मसाथ गरेर अगाडि बढेको भन्दै मर्जरमा जाने कम्पनीहरुको प्रशंसा गरेका हुन् ।

‘बीमा कम्पनीहरु मर्जर हुनु समग्र बीमा क्षेत्रका लागि सकारात्मक हो, कम्पनीहरुले पुँजी वृद्धिका लागि मर्जर नीति अवलम्बन गर्नु प्राधिकरणका लागि पनि सकारात्मक हो, मर्जरमा जाने कम्पनीहरुले प्राधिकरणबाट केही सुविधाहरु पनि पाउँछन्,’ उनले भने, ‘मर्जरमा जाने कम्पनीहरु भाग्यमानी हुन् ।’

उनले समान किसिमका व्यवसायिक घरना भएका कम्पनी मर्जरमा जाँदा थप सिनर्जी उत्पन्न हुने धारणा राखे । मर्जर भएका कम्पनीहरुमा हालसम्म कुनै पनि समस्या नआएको पनि उनको भनाइ छ ।

‘अहिलेसम्म भएका मर्जरमा कुनै समस्या आएका छैन, लगानीको दायरा बढाउनुपर्छ, इनोभेसन, रिसर्च, डिजिटल प्लेटफर्म जोड दिनुपर्छ, मर्जमा जाने कम्पनीलाई प्राधिकरणले पनि सहयोग गर्छ,’ उनले भने ।

अध्यक्ष सूर्यप्रसाद सिलवालले दुई वटा कम्पनी एकीकृत भई एउटा सशक्त कम्पनी बनेकोमा बधाईसँगै शुभकामना व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.