ठूलो व्यवसायिक घरानासँग मर्ज हुनु हाम्रो सफलता हो : अध्यक्ष कोइराला

  २०७९ चैत ९ गते १९:१३     विकासन्युज

काठमाडौं । साविक सानिमा इन्स्योरेन्सका अध्यक्ष कुमार कोइरालाले उत्कृष्ट तथा ठूला व्यवसायिकका घरानासँग मर्ज हुन पाउनु ठूलो सफलता भएको बताएका छन् । बिहीबार सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत कारोबारमा बोल्दै उनले सो बताएका हुन् । 

‘५ वर्षअघि पहिलो कारोबारदेखि नै कम्पनीसँग आवद्ध छु, बजारमा राम्रो पहिचान बनाउन सफल भएको कम्पनी छोटो अवधिमा उत्कृष्ट व्यवसायिक घरानासँग मर्ज हुन पाउनु हाम्रो सफलता हो,’ उनले भने । 

साथै, उनले २ वटा कम्पनी एक भएर सिनर्जी ल्याउने बताए । मर्जर पश्चात् बीमा क्षेत्रमा अब्बल कम्पनीका रुपमा स्थापित गराउने उनको भनाइ छ । 

‘हिजोसम्म अलगअलग रहेका कम्पनी आज एक भएका छन्, २ व्यवसायिक समूहले ५ वर्षअघि कम्पनी सुरु गरेका थिए, अब नयाँ कम्पनीको रुपमा थालनी भएको छ,’ उनले भने, ‘५ वर्षमा अब्बल कम्पनी बन्न सफल भएका छन्, सानिमा र रिलायन्सबीच मर्जरले ठुलो सफलता हासिल गर्ने छ ।’  

मर्जरपश्चात् जीवन बीमा क्षेत्रमा अब्बल संस्थाको रुपमा स्थापित गर्नुपर्ने उनले बताए । स्थापनाकालमा नै कम्पनीसँग आवद्ध भएको र बजारमा कम्पनीको राम्रो पहिचान बनाउन सफल भएको उनको दाबी छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.