साओमी १३ प्रो प्रि–बुकिङको लागि उपलब्ध

  २०७९ चैत ९ गते १८:२९     विकासन्युज

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले फ्ल्यागशिप स्मार्टफोन, साओमी १३ प्रोको प्रि–बुकिङ सुरु गरेको छ । कम्पनीकाे अनुसार चैत ९ गतेदेखि खुलेकाे प्रि–बुकिङ चैत २० गतेसम्म खुल्ला हुनेछ ।

लेइका क्यामेरासँगको–इन्जिनियर गरिएको साओमी १३ प्रोले प्रो–ग्रेड लेन्सको साथ मास्टर–लेभल फोटोग्राफी प्रदान गर्दछ ।

नवीनतम स्न्यापडागन ८ जेन जि, प्रिमियम फ्ल्यागशिप प्रदर्शनको साथ डिजाइन र बेस्ट–इन–क्लास डिस्प्ले समावेश भएको १२० वाट हाइपर चार्ज र ४,८२० एमएएच ब्याट्रीसँग सुसज्जित यो स्मार्टफोन मात्र १९ मिनेटमा १००% ब्याट्री चार्जिङ समर्थन गर्दछ ।

शाओमी नेपालले खरिद गरिएको मितिदेखि ग्राहकहरुलाई २४ महिनासम्म सेवा शुल्क छुट गरेको जनाएकाे छ । कम्पनीकाे अनुसार शाओमीका फ्यानहरूले नबिल बैंकमार्फत ० प्रतिशत ईएमआईमा यो अफर लिन सक्नेछन् । साओमी १३ प्रो, १२+२५६ जिबि भेरियन्टमा सेरामिक ह्वाईत र सेरामिक ब्ल्याक गरी दुई भिन्न रङहरू उपलब्ध छन् ।

कम्पनीकाे अनुसार मात्र ५ हजार मा प्रि–बुक गर्न सकिने साओमी १३ प्रो प्रि अर्डर गर्दा साओमी ५० वट वायरलेस चार्जिङ स्ट्यान्ड निःशुल्क पाउन सकिनेछ । साओमी १३ प्रो को मूल्य १ लाख २९, हजार ९९९ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.