एक वर्षमा बैंकर्सलाई डेढ महिना विदा, दशैं तिहारमा दुई साता घर बस्न पाउने

  २०७९ चैत ९ गते १५:०७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकका कर्मचारीहरुले आउँदो वर्ष ४५ दिन बिदा पाउने जनाएको छ । बिहीबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले आगामी वर्ष २०८० मा बैंक तथा वित्तीय संस्थाहरु ४५ दिन बन्द हुने जनाएको हो । बैंक तथा वित्तीय संस्थाहरु बन्द हुँदा बैंकका कर्मचारीले पनि बिदा पाउनेछन् ।

केन्द्रीय बैंकका अनुसार वर्षको पहिलो दिन अर्थात नयाँ वर्षको दिन बैंक बिदा हुनेछन् । बैशाख १८ गते विश्व मजदुर दिवस हुनेछ । यस्तै, जेठ २२ गते बुद्ध जयन्तीको दिन पनि बिदा दिइएको छ ।

बैंकका कर्मचारीहरुले दशैं तिहारमा मात्रै करिब दुई साता अर्थात् १२ दिन घर बस्न पाउने भएका छन् । दशैंमा ६ दिन र तिहारमा ५ दिन बैंक तथा वित्तीय संस्था बन्द रहनेछन् । बिचमा एकदिन शनिबार परेको छ । बैंकका कर्मचारीले दशैं तिहारमा कुल १२ दिन घर बस्न पाउने छन् ।

२०८० सालमा ४५ दिन बैंकिङ सेवा आंशिक तथा पूर्ण रुपमा प्रभावित हुने राष्ट्र बैंकले जनाएको छ । जसमध्ये २० दिन भने बैंकहरुले नगद भुक्तानी ईसीसी, सार्वजनिक ऋण व्यवस्थापन लगायका आकस्मिक बैंकिङ सेवा बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म सञ्चालन गर्नेछन् ।
राष्ट्र बैंकका अनुसार ४१ दिन बैंक तथा वित्तीय संस्था पूर्ण रुपमा बनद हुन्द हुने भएपनि अन्य पाँच दिन भने नेपाल सरकारले निर्णय गरे अनुसार हुनेछ । विदाको निर्णय भएपनि सीमित बैंकिङ कारोबार भने खुल्ने जनाइएको छ ।

१ वैशाखदेखि १५ कात्तिकसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसमम्म कार्यलय समय र बिहान १० बजेदेखि साँझ ४ बजेसमम बैंकिङ समय हुने राष्ट्र बैंकले जनाएको छ । यस्तै १६ माघदेखि चैत मसान्तसम्म पनि कार्यायल सयम १० बजेदेखि ५ बजेसम्म र बैंकिङ समय १० बजेदेखि ४ बजेसम्म हुनेछ ।

१६ कात्तिकदेखि १५ माघसमम भने कार्यलय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसमम र बैंकिङ समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । शुक्रबार भने कार्यलय समय १ः३० सम्म र बैंकिङ समय १२ः३० सम्म हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.