भायानेटले ल्यायो एक्सजिएस फाइबर प्रविधिमा २ जिबिपिएस इन्टरनेट

  २०७९ चैत ९ गते १४:१०     विकासन्युज

काठमाडौं । भायानेट कम्युनिकेसनले एक्सजिएस फाइबर प्रविधिमा आधारित २ जिबिपिएस एक्सजिएस एक्सिटिम प्याकेज मार्फत नेपालकै पहिलो मल्टिगिग इन्टरनेट सार्वजनिक गरेको छ ।

यो अत्याधुनिक प्रविधिको साथ भायानेट कम्युनिकेसनले देशको इन्टरनेट क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको जनाएको छ ।

भायनेटको अनुसार एक्सजिएस पिओएस अर्थात् १०-गिगाबिट सिमिट्रिकल प्यासिभ नेटवर्क अत्यन्त नयाँ फाइबर-अप्टिक ब्रोडब्यान्ड टेक्नोलोजी हो जसले १० जिबिपिएस सम्मको डाउनलोड र अपलोड स्पिड प्रदान गर्दछ ।

‘गिगाबिट प्यासिभ अपटिकल नेटवर्क प्रविधि इन्टरनेट वितरणको लागि प्रयोग गरिने प्राथमिक विधि हो जसको अधिकतम डाउनलोड गति २.४ जिबिपिएस र १।२ जिबिपिएस को अपलोड गति छ। अब एक्सजिएस पिओएनको लन्चसँगै ग्राहकहरूले १० जिबिपिएस सम्मको सिमिट्रिक अपलोड र डाउनलोड स्पिड प्राप्त गर्न सक्नेछन्,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

एक्सजिएस पिओएनमार्फत कम्पनीले नेपाललाई इन्टरनेटको नयाँ युगमा प्रवेश गराउने विश्वास कम्पनीले लिएको जनाएको छ ।

यसको सुरुवातसँगै अब ग्राहकहरूले तीव्र गतिको डाउनलोड र अपलोडका साथै सिमलेस स्ट्रिमिङ र उत्कृष्ट गेमिङको अनुभव लिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले हालका लागि नयाँ एक्सजिएस फाइबर प्रविधिमा आधारित उत्पादनहरूको एक्सजिएस एक्सिटिम लाइन अप काठमाडौं उपत्यकाका चुनिएका क्षेत्रहरूमा मात्र उपलब्ध रहेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.