मानहानी मुद्दामा राहुल गान्धीलाई २ वर्ष जेल सजाय

<p>काठमाडौं । भारतमा प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता एवं लोकसभा सदस्य राहुल गान्धीलाई एउटा अदालतले दुई वर्ष जेल सजाय सुनाएको छ । उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मानहानी गरेको मुद्धामा अदालतले दुई वर्ष जेल सजाय सुनाएको हो । गान्धीले ४ वर्षअघि एक भाषणको क्रममा &#8216;सबै चोरहरूको मोदी साझा थर कसरी भयो ?&#8217; भन्ने दिएको अभिव्यक्तिलाई लिएर गुजरातका पूर्वमन्त्री [&hellip;]</p>

काठमाडौं । भारतमा प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता एवं लोकसभा सदस्य राहुल गान्धीलाई एउटा अदालतले दुई वर्ष जेल सजाय सुनाएको छ ।

उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मानहानी गरेको मुद्धामा अदालतले दुई वर्ष जेल सजाय सुनाएको हो ।

गान्धीले ४ वर्षअघि एक भाषणको क्रममा ‘सबै चोरहरूको मोदी साझा थर कसरी भयो ?’ भन्ने दिएको अभिव्यक्तिलाई लिएर गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले अदालतमा मुद्दा हालेका थिए ।

उनलाई अदालतले धरौटीमा छाड्ने आदेश पनि सुनाएको छ । अदालतले राहुललाई सजायको विरुद्धमा माथिल्लो अदालतमा पुनरावेदनका लागि ३० दिनको समय दिएको छ ।

Share News