सानिमा रिलायन्स लाइफको अध्यक्षमा केडिया नियुक्त, यस्तो बन्यो सञ्चालक समिति

  २०७९ चैत ९ गते १२:५२     विकासन्युज

काठमाडौं । दुई जीवन बीमा कम्पनी मर्जपश्चात बनेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अध्यक्षमा तारा चन्द केडिया नियुक्त भएका छन् । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले औपचारिक रुपमा एकीकृत कारोबार शुरु गर्नुअघि बसेको सञ्चालक समितिको बैठकले नयाँ कम्पनीको अध्यक्षमा केडियालाई नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्ष केडिया साविकको रिलायन्स लाइफ इन्स्योरेन्सका अध्यक्ष हुन् । अध्यक्ष केडियाले आजै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गोपनीयताको सपथ समेत लिइसकेका छन् ।

त्यस्तै, सञ्चालकमा घनश्याम थापा, भरत कुमार तोडी, सुवर्ण दास श्रेष्ठ, केशव राज केसी, परिक्षित खेम्का र सरिता भट्ट अधिकारी नियुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.