बेलायतको संसदीय प्रतिनिधि मण्डलले गरे एनएमबि बैंकको भ्रमण

<p>काठमाडौं । ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका अध्यक्ष सारा च्याम्पियनको नेतृत्वमा बेलायतको हाउस अफ कमन्सका प्रतिनिधिहरु र ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका सदस्य समुहले एनएमबि बैंकको भ्रमण गरेका छन् । एनएमबि बैंकको ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टसगँको सहकार्य पश्चात भएको प्रगतिबारे अवलोकन गरी एनएमबि बैंकले कार्यान्वयन गर्दै आईरहेको दिगो बैंकिङ्ग अभ्यासको जानकारी उक्त टोलीले बैंकको भ्रमण गरेका हुन् । एनएमबि बैंकका [&hellip;]</p>

काठमाडौं । ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका अध्यक्ष सारा च्याम्पियनको नेतृत्वमा बेलायतको हाउस अफ कमन्सका प्रतिनिधिहरु र ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका सदस्य समुहले एनएमबि बैंकको भ्रमण गरेका छन् ।

एनएमबि बैंकको ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टसगँको सहकार्य पश्चात भएको प्रगतिबारे अवलोकन गरी एनएमबि बैंकले कार्यान्वयन गर्दै आईरहेको दिगो बैंकिङ्ग अभ्यासको जानकारी उक्त टोलीले बैंकको भ्रमण गरेका हुन् ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भ्रमणका प्रतिनिधिहरुलाई बैंकले दिगो बैंकिङ्ग अभ्यासको कार्यान्वयन पश्चात गरेको प्रगति विवरणको समिक्षा गर्दैे बैंक तथा समग्र देशको दिगो विकास लक्ष्य प्राप्त गर्न पुर्याएको योगदानको बारे समेत जानकारी दिएका थिए ।

प्रतिनिधि मण्डलसँग छलफलको क्रममा केसीले नेपालको दिगो तथा समावेशी आर्थिक विकास बीच रहेको स्रोत साधनको अन्तरपुर्ति गर्नको लागि ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट जस्ता संस्थाले प्रदान गर्ने अनुदानको महत्व तथा आवश्यकताको बारेमा बताएका थिए ।

सोक्रममा प्रतिनिधिहरुले बैंकले जलविद्युत परियोजना मार्फत समुदाय विकासमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।

Share News