महानगरले १० वर्षको लागि भाडामा लियो काठमाडौं प्लाजा, सबै सेवा एकै ठाउँबाट

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले नागरिकलाई सबै सेवा एकै स्थानबाट प्रवाह गर्ने गरी काठमाडौं प्लाजासँग सम्झौता गरेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । महानगरले नेपाल ट्रष्टसँग काठमाडौं प्लाजा १० वर्ष भाडामा लिन सम्झौता गरेको हो । महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार महानगरमा विभिन्न १६ [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले नागरिकलाई सबै सेवा एकै स्थानबाट प्रवाह गर्ने गरी काठमाडौं प्लाजासँग सम्झौता गरेको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । महानगरले नेपाल ट्रष्टसँग काठमाडौं प्लाजा १० वर्ष भाडामा लिन सम्झौता गरेको हो ।

महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार महानगरमा विभिन्न १६ वटा विभाग छन् । ती सबै विभागले हाल दश स्थानबाट सेवा प्रवाह गरिरहेका छन् । यसरी धेरै स्थानबाट सेवा दिनुपर्दा कामपालाई समस्या भएको र नागरिकले पनि सास्ती खेप्नुपरेको भन्दै काठमाडौं प्लाजासँग सम्झाैता गरेकाे बताए । 

विसं २०७२ को भूकम्प जानुअघि एकै स्थानबाट सेवा प्रवाह गरिरहेको महानगरको अहिले केन्द्रीय कार्यलय सुन्धारामा छ भने वातावरण विभाग टेकुमा, राजस्व विभाग बबरमहल, सहकारी विभाग बिजुलीबजार, शिक्षा विभाग ताहाचल, केही विभाग राष्ट्रियसभा गृहमा गरी विभिन्न दश स्थानबाट सेवा प्रवाह गरिरहेको छ ।

Share News