२०७९ चैत ९ गते ८:१५ विकासन्युज
काठमाडौं । अमृत बचत तथा ऋण सहकारी संस्थाले धितोमा राखिएको ३८ वटा सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । सहकारी संस्थाबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि सहकारीले धितो राखिएका सम्पत्ति बिक्री गरेर असुल गर्ने जनाएको छ ।
सहकारी संस्थाबाट कर्जा लिएका ३८ जना ऋणीको नाम र धितो सार्वजनिक गर्दै साँवा ब्याज तथा हर्जना लगायतको रकम १५ दिनभित्र नतिरेमा लिलाम बिक्री गरेर असुल गर्ने बताएको हो । सहकारीबाट ऋण लिँदा धितो राखिएका सवारी साधन बिक्री गर्ने जनाएको छ ।
सहकारी ऐन, सहकारी नियमावली, संस्थाको विनियम, कर्जा प्रवाह, लगानी तथा असुली निर्देशिका र अन्य प्रचलित कानून अनुसार सहकारी संस्थासँ भएको कर्जा लिखतको शर्त अनुसार कारबाही गरी धितो सुरक्षण दिएका सवारी साधनबाट असुल गर्ने संस्थाले बताएको छ ।
यदि उक्त उक्त सवारीबाट रकम असुल नभएमा ऋणीले एकाघर सँगोलको सदस्यहरूको नाममा रहेको चलअचल सम्पत्तिबाट असुल उपर गर्ने सहकारीले चेतावनी दिएको छ ।
अमृत बचत तथा ऋण सहकारी संस्था काठमाडौंको किर्तिपुर १ अमृतनगरमा रहेको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.
Kun kun car x