भारुमा निर्यात गर्दा नेपाली रुपैयाँ खातामा जम्मा गर्नुपर्ने

<p>काठमाडौं । नेपालबाट विदेशमा निर्यात गरेको वस्तुबाट प्राप्त रकममा विभिन्न कागजातहरु पुरा गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार एकीकृत परिपत्र जारी गर्दै नगद रकम भित्र्याउँदा विभिन्न प्रावधान लागू गर्नुपर्ने बताएको हो । नेपालमा स्थापना भएका कुनै फर्म, कम्पनी, संस्था वा प्राकृतिक व्यक्तिले विदेशस्थित सेवा खरिद गर्ने फर्म, कम्पनी, संस्था वा प्राकृतिक व्यक्तिलाई नेपालबाट [&hellip;]</p>

काठमाडौं । नेपालबाट विदेशमा निर्यात गरेको वस्तुबाट प्राप्त रकममा विभिन्न कागजातहरु पुरा गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार एकीकृत परिपत्र जारी गर्दै नगद रकम भित्र्याउँदा विभिन्न प्रावधान लागू गर्नुपर्ने बताएको हो ।

नेपालमा स्थापना भएका कुनै फर्म, कम्पनी, संस्था वा प्राकृतिक व्यक्तिले विदेशस्थित सेवा खरिद गर्ने फर्म, कम्पनी, संस्था वा प्राकृतिक व्यक्तिलाई नेपालबाट सेवा उपलब्ध गराए वापत बैंकिङ्ग प्रणालीको माध्यमबाट (नगद बाहेक) रकम भित्र्याउँदा कागजातहरु यकिन गरी बैंक तथा वित्तीय संस्थाले सम्बन्धित नेपाली निर्यातकर्ताको खातामा रकम जम्मा गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार निर्यातकर्ताको स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्रको प्रतिलिपि, सेवा आयातकर्तालाई जारी गरिएको बीलबीजक वा खरिद आदेश र सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी व्यवस्था लगायत अन्य प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवस्थाहरुको पालना भएको÷पालना हुने सम्बन्धी निर्यातकर्ताको स्वघोषणा गरेको हुनुपर्नेछ ।

निर्यातको भुक्तानी एसडब्लूआइएफटी, ड्राफ्ट/टी.टी. लगायत विद्युतीय भुक्तानीका उपकरणमार्फत् प्राप्त गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । तर, भारतीय रुपैयाँमा भएको निर्यातको हकमा भने नेपाली रुपैयाँको खातामा मात्र जम्मा हुनेछ ।

Share News