विद्युत नियमन आयोगले तिला-१ र २ लाई दियो निर्माणको स्वीकृति, वार्षिक २ अर्ब राजश्व संकलन गर्ने लक्ष्य

  २०७९ चैत ८ गते १६:१९     विकासन्युज

काठमाडौं । अर्ध-जलाशायुक्त तिला-१ जलविद्युत आयोजना निर्माण सम्पन्न भएपछि एक अर्ब १४ करोड २९ लाख र तिला-२ बाट एक अर्ब १४ करोड ७ लाख रुपैयाँ वार्षिक राजश्व संकलन गर्ने कम्पनीले लक्ष्य लिएको छ । २९८.७५ मेगावाटको तिला-१ र २९६.७४ मेगावाटको तिला-२ जलविद्युत  आयोजनाबाट सो बराबरको राजश्व संकलन हुने कम्पनीले बताएको हो ।

कम्पनीले मंगलबार विद्युत खरिद बिक्री सम्झौता (पीपीए) को सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम सो बराबरको राजश्व संकलन गर्ने लक्ष्य लिएको बताएको हो ।

दुबै जलविद्युत आयोजना कर्णाली प्रदेश कालिकोट जिल्लामा निर्माण हुने भएका छन् । एस.सी पावर कम्पनीले तिला-१ र तिला-२ निर्माण गर्ने गर्नेछ । कम्पनीका अनुसार प्रति मेगावाट तिला-१ बाट ३ करोड ८१ लाख र तिला-१ बाट ३ अर्ब ८४ लाख रुपैयाँ राजश्व उठ्ने लक्ष्य छ ।

तिला-१ जलविद्युत आयोजना निर्माणको लागि अनुमानित लागत ४८ अर्ब ८२ करोड ९६ लाख रुपैयाँ रहेको छ । सो आयोजना कालिकोटको शुभ कालिका, महावु गाउँपालिका र खाडा चक्र नगरपालिकाका साबिकको पाखा, दाहा, मान्मा, मुग्रह, गेला, सुकटिया तथा भर्ता गाविसमा प्रस्ताव गरिएको छ ।

यस्तै, अर्को तिला-२ आयोजनाको अनुमानित लागत ४२ अर्ब १० करोड ६६ लाख रुपैयाँ रहेको छ । यो आयोजना खाँडाचक्र नगरपालिका साविकको राचुली, जबिथा, चिलखाय, छाप्रे, गेला, पखा र दाहा गाविसमा प्रस्ताव गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.