होण्डा टेक्नीशियन स्कील कन्टेष्ट २०२३ सम्पन्न

<p>काठमाडौं । होण्डा टेक्नीशियन स्कील कन्टेष्ट २०२३ सम्पन्न भएको छ । आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसीयनहरुको शिप र दक्षता अभिवृद्धि गर्ने र बिक्रीपछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउन हाेन्डनाले प्रतियाेगिता गर्दै आएकाे छ । यसकाे लागि स्याकार ट्रेडिङ्ग कम्पनी सर्भिस डिभिजनको अगुवाईमा ५ वटा क्षेत्रिय प्रतियोगिता भएकाे थियाे । जसमा प्रत्येक क्षेत्रबाट २/२ जना छनाेट भएका थिए [&hellip;]</p>

काठमाडौं । होण्डा टेक्नीशियन स्कील कन्टेष्ट २०२३ सम्पन्न भएको छ ।

आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसीयनहरुको शिप र दक्षता अभिवृद्धि गर्ने र बिक्रीपछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउन हाेन्डनाले प्रतियाेगिता गर्दै आएकाे छ ।

यसकाे लागि स्याकार ट्रेडिङ्ग कम्पनी सर्भिस डिभिजनको अगुवाईमा ५ वटा क्षेत्रिय प्रतियोगिता भएकाे थियाे । जसमा प्रत्येक क्षेत्रबाट २/२ जना छनाेट भएका थिए ।

प्रतियोगितामा प्रथम पुरस्कार बज्रअटो महराजगन्जका केशव गजुरेल, द्वितिय पुरस्कार एसटिसी पोखराका झलेन्द्र ईटानि र तृतिय पुरस्कार नौदेवी मोटर्स विराटनगरका विनोद शर्माले प्राप्त गरेका थिए ।

 

Share News