२०७९ चैत ७ गते १७:४८ विकासन्युज
काठमाडौं । नागरिक लगानी कोषले विभिन्न बैंकमा गरेको झण्डै १ अर्ब रुपैयाँ बराबरको लगानी डुबेको छ । लगानी कोषका अनुसार विभिन्न बैंकको मुद्दती निक्षेपमा गरेको लगानी डुबेको हो ।
कोषको तथ्याङ्क अनुसार समस्याग्रस्त मुद्दती खातामा ७५ करोड ७१ लाख ८३ हजार ५७४.३० रुपैयाँ फसेको छ । गत वर्ष समस्याग्रस्त खातामा ६३ करोड ५ लाख रुपैयाँ लगानी रहेको थियो । कोषले लगानी गरेका फाइनान्स कम्पनीहरू विभिन्न कारणले डुबेपछि उक्त रकम फसेको कोषकी कामु निर्देशक सोभा श्रेष्ठले बताइन् । उक्त साँवा रकमको ब्याज बढ्दै गएपछि समस्याग्रस्त रकम पनि बढेको कोषले जनाएको छ ।
लगानी कोषले हालसम्म २ खर्बभन्दा बढी रकम लगानी गरेको छ । तर, विभिन्न फाइनान्सको मुद्दती निक्षेपमा लगानी गरेको रकम डुबेपछि असुल हुने सम्भावना न्यून रहेको हो ।
कामु निर्देशक श्रेष्ठका अनुसार कोषले हिमालयन फाइनान्स, कृष्टल फाइनान्स, क्यापिटल मर्चेन्ट बैंक एण्ड फाइनान्स र नेपाल सेयर मार्केट फाइनान्समा उक्त रकम लगानी गरेको थियो । तर, ती कम्पनीहरू नै विभिन्न कारणले सञ्चालनमा आउन नसकेपछि कोषको रकम पनि फसेको उनले बताइन् । उक्त रकम फिर्ता आउने सम्भावना न्यून रहेको उनको भनाइ छ ।
तीन वटा संस्थाको लगानी फिर्ता आउने झिनो आशा भएपनि हिमालयन फाइनान्सको मुद्दती निक्षेपमा गरेको लगानी भने डुबेको कामु निर्देशक श्रेष्ठले बताइन् ।
‘हिमालयन फाइनान्सको रकम डुबिसक्यो, अन्य फाइनान्समा फिर्ता आउने झिनो आशा छ, क्यापिटल मर्चेन्टको लाइबिलिटीज भन्दा एसेट बढी छ, सेयर मार्केट पनि कमजोर संस्था होइन, राष्ट्र बैंकसँगको मुद्दामामिलाले गर्दा समस्यामा परेको हो, हिमालयन फाइनान्स लिक्वीडिसनमा गयो, कृष्टल फाइनान्सको एउटा भवन छ, त्यो भवन बिक्री भएपछि पैसा आउने आशा छ,’ उनले भनिन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.
No excuse to those who involve to deposite this money into the account of low profile financial institutes.
News head kina bank maa rakheko vanera xa? Vitra ta sap finance vanera xa. Editor saap le xutyauna saknu vayena ki k