३६ महिना सम्मका बालबालिकाले खाने पूरक खानामा सरकारले तोक्यो मापदण्ड, कस्तो हुनुपर्ने ?

  २०७९ चैत ७ गते १६:४०     विकासन्युज

काठमाडौं । सरकारले बालबालिकाले खाने खानामा कायम हुनुपर्ने गुणस्तर सम्बन्धी मापदण्ड राजपत्रमार्फत प्रकाशित गरेको छ । पुरानो मापदण्डमा हेरफेर गरी नयाँ मापदण्ड थप गरिएको राजपत्रमा उल्लेख गरिएको छ । मापदण्ड ६ देखि ३६ महिनासम्मका शिशु तथा बालबालिकाहरुको लागि लागु हुने बताइएको छ ।

सूचना अनुसार अन्नमा आधारित पूरक बाल आहारहरु बनाउँदा राम्रोसँग सफा गरेर बोक्रा फालेर बनाउन सकिन्छ । जसमा भटमास, बदाम, गेडागुडी, तील, सूर्यमुखीको दाना, सुख्खा फलफूल तथा तरकारी, घिउ र धुलो दुधलाई प्रयोग गर्न सकिन्छ । तर, यसरी तयार गरिएको पुरक आहारमा २५ प्रतिशत अन्नको मात्रा हुनुपर्नेछ ।

पुरक आहारमा कुनै रंग र स्वाद मिसाउन पाईंदैन । जसमा जलांश ८.०, चिल्लो पदार्थ १३.०, प्रोटिन कम्तिमा १५.०, कार्बोहाइड्रेट बढीमा ५६.०, क्रुड फाइबर बढीमा ३.०, कुल भष्म ५.०, डाइल्युट हाइड्रोक्लोरिक एसिडमा नघुल्ने भष्म बढीमा ०.१, क्याल्सियम १ सय ग्राममा ३ सय ६००, आइरन प्रतिसय ग्राममा ५.८ देखि ११.६, भिटामिन बि–१ प्रति सय ग्राममा ०.२५ देखि ०.५ र भिटामिन डि प्रति सय ग्राममा ४ देखि १२ मात्रै हुनुपर्नेछ ।

राजपत्रअनुसार प्रतिग्राम सुख्खा तौलको आधारमा पूरक खानामा ४ किलो क्यालोरी हुनुपर्छ । साथै सोडियमको मात्रा प्रति एक सय ग्राममा तीन सय मिलिग्राम भन्दा धेरै हुन नहुने मापदण्डमा व्यवस्था गरिएको छ ।

पूरक आहार निर्माण गर्दा थिकेनिङ एजेन्ट, इम्लिसफायर, एसिडिटी रेगुलेटर्स, एन्टि अक्सिडेन्ट्स, राइजिङ एजेन्ट, एन्टिकेकिङ एजेन्ट, प्याकेजिङ ग्यास, टक्सिन, हेभिमेटल र फ्लेवर्स अन्तर्गत पर्ने तत्वहरु प्रयोग गर्न पाइने तर सोको लागि तोकिएको मात्रा प्रयोग गर्नुपर्ने जनाइएको छ । साथै पुरक आहारमा शुक्ष्मजैविक मापदण्डको विषय पनि शमावेश गरिएको छ ।

पूरक आहारको प्याकेजिङ र लेबलिङ गर्दा सिलबन्दी प्याकेजिङ गर्नुपर्ने, उपभोग मात्रा र विधि उल्लेख गर्नुपर्ने र लेबलमा स्तनपानलाई निरुत्साहित गर्ने कुनै पनि प्रकारको सन्देश, तस्बिर र आकृति राख्न नपाइने मापदण्डमा व्यवस्था गरिएको छ ।

मापदण्डमा बालबालिकाले खाने फलफूल, तरकारी, गेडागुडी, जामजेली, जुस, मासु, तेलजन्य खाद्यान्न, तेल, दुध, अण्डा लगायतका खाद्य वस्तुमा सिसा, तामा, आर्सेनिक, टीन, क्याडियम, पारो, क्रोमियम, निकेल लगायतका पदार्थहरुको मात्रा पनि तोकिएको छ ।

हेर्नुहोस् २०७९ सरकारले फागुन १ गते प्रकाशन गरेको राजपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.