डुब्यो स्विजरल्यान्डको क्रेडिट स्विस बैंक, सरकारको ग्यारेन्टीमा युबिएसले खरिद गर्दै

  २०७९ चैत ७ गते १०:१७     विकासन्युज

एजेन्सी । अर्बौं डलर पुँजी भएको स्विट्जरल्यान्डको प्रतिष्ठित स्विस क्रेडिट बैंक पूर्ण रुपमा फेल भएर बिक्री हुने भएको छ । एक सय ६५ वर्ष पुरानो सो बैंकलाई स्विजरल्याण्डको सबैभन्दा ठूलो बैंक युबिएस एजी ग्रुपले खरिद गर्ने घोषणा गरेको छ । रिपोर्टहरूका अनुसार बैंकिङ संकटको बीचमा देशको दोस्रो ठूलो निजी ऋणदाता युबिएसले क्रेडिट स्विसलाई ३.२ बिलियन डलरमा खरिद गर्नेछ।

स्विस सरकार ग्यारेन्टी बस्ने

स्विस नियामक स्विस नेशनल बैंकले युबिएस र क्रेडिट स्विस बैंक बीचको सम्झौतामा प्रमुख भूमिका खेलेको थियो। स्विजरल्याण्ड सरकारले पनि यो सम्झौतामा युबिएसलाई सहयोग गरिरहेको छ। स्विस सरकारले क्रेडिट सुइसको अधिग्रहणमा संलग्न जोखिमहरूका लागि युबिएसलाई ९ अर्ब फ्र्याङ्क ग्यारेन्टी प्रदान गरिरहेको छ ।

सरकारले १०८ अर्ब डलर ऋण पनि दिने

युबीएस र क्रेडिट सुइस बैंकको यो सम्झौताका लागि सरोकारवालाको स्वीकृति पनि खारेज गरिएको छ । क्रेडिट सुइस बैंक किन्न युबिएसलाई सहयोग पुर्याउनेगरी स्विस नेशनल बैंकले एक सय अर्ब अर्ब स्विस फ्र्यांक ऋण पनि उपलब्ध गराउने जनाइएको छ ।

क्रेडिट स्विसका २२.४८ शेयर बराबर युबिएसको १ शेयर पाउने

यस ‘अल शेयर ट्रान्जेक्सन’ अन्तर्गत क्रेडिट सुइसका शेयरहोल्डरहरुलाई प्रत्येक २२.४८ शेयर बराबर युबिएसको १ शेयर गर्ने सम्झौता भएको छ । यो सम्झौता करिब ३ अर्ब स्विस फ्रैंकमा गरिएको छ । यो सम्झौता मार्च १७ मा बन्द भएको बजारमा क्रेडिट सुइसको शेयरको अन्तिम मूल्यमा हुने बताइएको छ । क्रेडिट सुइसको शेयर अन्तिम कारोबार गत शुक्रबार १.८६ स्विस फ्रैंकमा भएर बन्द भएको थियो ।

यो सम्झौता बेलआउट होइन : स्विस अर्थमन्त्री

‘हेर्ने हो भने यो सम्झौता एकदमै सस्तो मूल्यमा भएको हो तर प्राविधिक रुपमा यो सम्झौता होइन उद्धार योजना हो’, एक पत्रकार सम्मेलनमा स्विस अर्थमन्त्री करिन केलर सटरले भनिन् । उनले दुई बैंकबीचमा भएको सम्झौता एक व्यावसायिक समाधान भएको तर बेलआउट नभएको बताएकी थिइन् ।

यूबीएसका अध्यक्ष कोल्म केहलरले स्विट्जरल्याण्डको वित्तीय ढाँचा बचाउन यो सम्झौता आवश्यक भएको बताएका छन् । विश्वव्यापी वित्तीय संरचनालाई बचाउन पनि उत्तिकै महत्त्वपूर्ण भएको, क्रेडिट बैंक युबिएससँग फिर्ता हुनुको विकल्प नभएको उनले बताएका थिए । बैंकको उद्धार प्रकृयामा सरोकारवालाको अनुमतिबाट बच्न स्वीस सरकारले आपतकालीन अध्यादेशको प्रयोग गरेको छ ।

क्रेडिट सुइस/यूबीएस सम्झौता यस वर्षको अन्त्यमा पूरा हुने अपेक्षा

क्रेडिट सुइसले एक विज्ञप्ति जारी गरी यो वर्षको अन्त्यसम्ममा सम्झौता सम्पन्न हुने अपेक्षा गरेको छ । युबीएसका अनुसार यी दुई बैंकको मर्जरपछि बन्ने संयुक्त बैंकको सम्पत्ति ५ ट्रिलियन डलर बराबरको हुनेछ ।

केही समय अगाडि सम्म स्विस नियामकले क्रेडिट स्विस बैंकलाई स्वस्थ छ भनिरहेको तर भित्री पर्दामा स्विसका इलियट बर्गले सो बैंकलाई बचाउनको लागि गोप्य रुपमा तयारी गरिरहेको टिप्पणी रोयटर्सले गरेको छ । स्विस क्रेडिट बैंक सँग १.३ स्विस फ्र्यांक बरारबको सम्पत्ति रहेको अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.