४ लाखमै पाइन्छ जेस्टिसको इभी स्कुटर, यस्ता छन् विशेषता

  २०७९ चैत ६ गते १८:०३     विकासन्युज

काठमाडौं । नेपाली बजारमा अहिले थुप्रै कम्पनीका दुई पाँग्रे विद्युतीय सवारी साधनहरू उपलब्ध छन् । त्यीमध्ये तपाईं कुन इभी किन्ने सोचमा हुनुहुन्छ ? सडकमा पनि दुई पाँग्रे विद्युतीय सवारी साधनको संख्यान बढ्दै गएको छ ।

ग्राहकको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै नेपाली सडकमा सुहाउँदो इभी स्कुटर सार्वजनिक भएको छ ‘जेस्टिस्’ । एमभी दुगड समूहले सो स्कुटर सार्वजनिक गरेको हो ।

कम्पनीले विद्युतीय सवारी साधनको क्षेत्रमा आफ्नो सहभागिता जनाउँदै इन्डोनेसियन ब्राण्ड जेस्टिस्को स्कुटर नेपालमा ल्याएको छ । सार्वजनिक भएको केही समयपछि नै उक्त स्कुटरको माग पनि उच्च रहेको कम्पनीका सेल्सम्यान रोहित दाहालले बताए । उनका अनुसार आकर्षक विशेषता र स्मार्ट लुक्स भएकाले पनि यो स्कुटर धेरैको रोजाइमा परेको छ ।

यो स्कुटरको फराकिलो र ठूलो टायर, उच्च ग्राउन्ड क्लियरन्स, राम्रो पिकअप र पावर रहेको छ । जेस्टिस् स्कुटरको अधिकतम गति ७६ किलोमिटर प्रतिघण्टा रहको कम्पनीले बताएको छ । जेस्टिस् इभी स्कुटरमा डबल डिस्क ब्रेक, रियर मोनो शक, डिजिटल ड्यासबोर्ड, पञ्च फुट रेस्ट, आधुनिक ग्राफिक्स, स्टाइलिस हेडलाईट लगायतका विशेषताहरु छन् । जुन कारणले पनि नेपालमा उपलब्ध स्कुटरमध्ये सबैभन्दा राम्रो स्कुटर रहेको कम्पनीको दाबी छ ।

यो स्कुटरमा २००० वाट रेट भएको पावर आउटपुट र ५००० वाट पिक पावर, ३.७ हर्सपावर, अधिकतम् ३० एनएमको टर्क, ५ सेकेन्डमा एक्सेलेशन ०–५० किलोमिटर सम्म पुग्छ । अहिले जेस्टिस् इभी स्कुटर रातो, सेतो र कालो रङ्गमा उपलब्ध छ ।

दाहालका अनुसार अन्य स्कुटरमा नभएको मोनो शोकको विशेषता यो स्कुटरमा छ । जसले गर्दा ग्राभेल सडक तथा खाल्डा खुल्डी बाटोमा स्कुटर मज्जाले कुद्छ । साथै यो स्कुटरमा ठूलो टायर दिइएको छ र एलइडी टेल ल्याम्प प्रयोग गरिएको छ ।

जेस्टिस् इभी स्कुटरमा डबल र सिंगल ब्याट्री जडान गरिएको छ । सोही अनुसार मूल्य पनि निर्धारण गरिएको छ । कम्पनीका अनुसार डबल ब्याट्री जडान भएको यस स्कुटरको मूल्य ४ लाख १० हजार र सिंगल ब्याट्री जडान भएको स्कुटरको मूल्य ३ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

यो स्कुटरको ब्याट्री अलग गर्न मिल्ने भएकाले निकालेर सुरक्षित स्थानमा राख्न पनि सकिन्छ । ५ किलोवाटको विद्युतीय मोटर जडान भएको यस स्कुटरमा ७२ भोल्ट र २० एम्पियर आवर लिथियम आयन ब्याट्री छ । यो स्कुटरलाई एकपटक फूल चार्ज गरेपछि १०० किलोमिटरसम्मको यात्रा तय गर्न सकिने कम्पनीले बताएको छ ।

दाहालका अनुसार ब्याट्री पूर्ण चार्ज हुन ९० मिनेट समय लाग्छ । कम्पनीले स्मार्ट एलईडी ब्याट्रीको ग्यारेन्टी ३ वर्षको दिएको छ । यसले पूर्ण रूपमा चार्ज गर्न १.३ युनिट विद्युत खपत गर्छ । ब्रेकिङ्ग गर्दा ब्याट्री स्वचालित रूपमा रि–चार्ज हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.