२०७९ चैत ६ गते १६:०७ विकासन्युज
काठमाडाैं । आईएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणका निमित्त सेयर जारी गर्न भइरहेको आन्तरिक तयारी अन्तिम अवस्थामा रहेको जानकारी दिएकाे छ । साेमबार सम्पन्न छैटौं वार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष डा.रामहरि अर्यालले यस्ताे जानकारी दिएका हुन् ।
सभाले सर्वसाधारणलाई छुट्टाईएको सेयर जारी गर्ने कार्यको सम्बन्धमा नियमनकारी निकायहरुबाट प्राप्त निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरेकाे छ ।
सभाले कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तिय विवरणहरु पारित गरेको छ ।
यस्तै, सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूचि तथा एनएफआरएस प्रणाली लागु गरी तयार गरीएको वित्तीय विवरण माथि छलफल गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने प्रस्तावहरु सर्वसम्म्तिबाट पारित
डा. अर्यालले आ. व. २०७९/८० को पुष मसान्तसम्मको अपरिस्कृत विवरण अनुसार बीमाकोष २२.३१ प्रतिशतले बृद्धि भई ५ अर्ब ४७ करोड ९४ लाख पुगेको जानकारी दिए ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.