बैंकिङ क्षेत्रको जोखिम र ब्याजदरका कारण विश्वबजारमा तेलको मूल्य दुई वर्ष यताकै न्यून

  २०७९ चैत ६ गते १७:२३     विकासन्युज

एजेन्सी । विश्व बजारमा बैंकिङ क्षेत्रको जोखिम र अमेरिकी बैंकहरुको ब्याजदरमा हुनसक्ने सम्भावित वृद्धिले इन्धनको माग घट्न सक्ने अनुमान गर्दै सोमबार तेलको मूल्य १५ महिना यताकै न्यून बिन्दुमा झरेको छ । ब्रेन्ट क्रुड र डब्लुटिआई क्रुडमा आज तेलको मूल्य प्रति ब्यारेल ६६ डलर भन्दा तल झरेको छ ।

सोमबार आगामी अप्रिल तथा मे महिनाका लागि अमेरिकी बजारमा हुने कच्चा तेलको सम्झौतामा २.८ प्रतिशतले गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सन् २०२१ को डिसेम्बरमा तेलको मूल्यमा प्रतिब्यारेल ६५ डलर प्रति ब्यारेल सम्म तल झरेको डब्लुटिआई र ब्रेन्टले रेकर्ड गरेका थिए । बैंकिङ संकट गहिरिँदै जाँदा गत हप्ता मात्रै ब्रेन्ट र डब्लुटिआईले तेलको मूल्यमा १० प्रतिशत कटौती गरेका थिए ।

पछिल्लो हप्ता तेलको मूल्य तल झर्नुमा स्वीट्जरल्यान्डको युबिएसले क्रेडिट स्वीस किन्न गरेको सम्झौतालाई पनि औंल्याइएको छ । यद्यपी सोमबार पनि अमेरिकी बजारमा बैंकिङ स्टक र ऋणपत्रहरुको मूल्यमा ओरालो लागेको थियो । पछिल्लो सम्झौतासँगै युएस फेडरल रिजर्भ, युरोपेली केन्द्रीय बैंक र अन्य प्रमुख केन्द्रीय बैंकहरुले बजारमा तरलता बढाउन अन्य बैंकहरुलाई सहयोग गर्ने बताएका छन् । एजेन्सीहरुको सहयोगमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.