२२ अंकले बढ्यो सेयर बजार, युनिक नेपाल लघुवित्तको सेयरमा सर्किट

  २०७९ चैत ६ गते १५:२१     विकासन्युज

काठमाडौं । सोमबार सेयर बजार २२.६५ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार सोमबार सेयर बजार बढेर १९४९.०६ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज ५२ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब २९ करोड रुपैयाँको कारोबार भएको छ ।

यस्तै, आज पनि युनिक नेपाल लघुवित्त वित्तिय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको प्रति सेयर मूल्य १७६.४० रुपैयाँले बढेर अन्तिम मूल्य १९४१ रुपैयाँ कायम भएको छ ।

आज सपोर्ट माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरधनीले प्रतिसेयर ५१ रुपैयाँ गुमाएका हुन् । कम्पनीको सोमबारको अन्तिम सेयर मूल्य ९०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, नेप्सेको अनुसार आज सबैभन्दा बढी कारोबार आइएमई जनरल इन्स्योरेन्सले ७ करोड ६३ लाख रुपैयाँको गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.