विदेश पढ्न जाने विद्यार्थी संख्यामा दोब्बरले वृद्धि

<p>काठमाडौं । नेपालबाट विदेश जाने विद्यार्थीको संख्यामा दोब्बरले वृद्धि भएको छ । गत फागनु महिनामा विदेश अध्ययन गर्न जानको लागि चालु आर्थिक वर्षको विगतको महिनाको तुलनामा दोब्बर विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका छन् । शिक्षा मन्त्रालय वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार गत फागुन महिनामा नेपालबाट विदेशमा अध्ययन गर्नको लागि १३ हजार नौ सय ४५ वटा [&hellip;]</p>

फाइल तस्बिर

काठमाडौं । नेपालबाट विदेश जाने विद्यार्थीको संख्यामा दोब्बरले वृद्धि भएको छ । गत फागनु महिनामा विदेश अध्ययन गर्न जानको लागि चालु आर्थिक वर्षको विगतको महिनाको तुलनामा दोब्बर विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका छन् ।

शिक्षा मन्त्रालय वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार गत फागुन महिनामा नेपालबाट विदेशमा अध्ययन गर्नको लागि १३ हजार नौ सय ४५ वटा एनओसी जारी भएका छन् । चालु आर्थिक वर्षको माघ महिनासम्म ५९ हजार आठ सय ५७ जना विद्यार्थीले विदेशमा अध्ययनको लागि एनओसी लिएका थिए ।

पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको विगत महिनाको तुलनामा फागुन महिनामा दोब्बर संख्याका विद्यार्थीले एनओसी लिएपछि झण्डै दोब्बरले विदेशी मुद्रा पनि बाहिरिएको छ ।

Share News