भोलि सेयर बजार बन्द

  २०७९ चैत ६ गते १३:२७     विकासन्युज

काठमाडौं । मंगलबार सेयर कारोबार नहुने भएको छ । मंगलबार घोडे जात्रा विदा परेको हुँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)सँगै कारोबार पनि बन्द रहने भएको हो ।

सरकारको सार्वजनिक विदाको सूचीमा घोडे जात्रा विदाका लागि काठमाडौं उपत्यकामा मात्रै विदा हुने जनाइएको छ । सोही अनुसार चैत ७ गते मंगलबार नेप्से कार्यालय र सेयर कारोबार पनि बन्द हुने भएको हो ।

अब नेप्से कारोबार चैत ८ गते बुधबारका दिन मात्रै खुल्ने नेप्सेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.