नेप्सेमा २ कम्पनीको डेढ करोड कित्ता सेयर सूचीकृत, ओपनिङ रेञ्ज कति ?

  २०७९ चैत ६ गते १३:०८     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २ कम्पनीको साधारण सेयर आईपीओ सूचीकृत भएको छ । सोमबार नेप्सेमा सुपरमाई हाइड्रोपावर र माया खोला हाईड्रोपावर कम्पनीको गरी कूल १ करोड ५० लाख कित्ता सेयर सूचीकृत भएको हो ।

सुपरमाई हाइड्रोपावर कम्पनीको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूलय दरका ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । जसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरुको ५ लाख कित्ता, सर्वसाधारण लगानीकर्ता (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारी)को ५ लाख कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुको ४० लाख कित्ता सेयर रहेको छ ।

दोस्रो बजारमा कारोबारका लागि नेप्सेले कम्पनीलाई एसएमएच सिम्बोल प्रदान गरेको छ । साथै, कम्पनीले पहिलो कारोबारका लागि न्यूनतम १३०.७६ रुपैयाँ र अधिकतम ३९२.२८ रुपैयाँ ओपनिङ्ग रेञ्ज प्राप्त गरेको छ ।

यस्तै, माया खोला हाईड्रोपावर कम्पनीको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड कित्ता नेप्सेमा सूचीकृत भएको हो । जसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरुको १० लाख कित्ता, सर्वसाधारण लगानीकर्ता (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारी)को २४ लाख कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुको ६६ लाख कित्ता सेयर रहेका छन् ।

नेप्सेले कम्पनीको सेयर कारोबारका लागि कम्पनीलाई एमकेएचएस सिम्बोल प्रदान गरेको छ । साथै, कम्पनीलाई पहिलो कारोबारका लागि न्यूनतम ८८.५३ रुपैयाँ र अधिकतम २६५.५९ रुपैयाँ प्रदान गरिएको छ ।

मंगलबार घोडे जात्राको लागि सार्वजनिक विदा परेको हुँदा बुधबारदेखि दुवै कम्पनीको सेयर कारोबारमा आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.