ग्रील तथा स्टील व्यवसायी महासंघले सदस्यहरुलाई दियाे तालिम

<p>काठमाडौं । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले &#8216;मोटिभेसनल प्रोग्राम अन डायनामिक लिडरसिप&#8217; सम्बन्धि तालिम दिएको छ । महासंघले आफ्ना जिल्ला, क्षेत्र र इकाई समितिका पदाधिकारी सदस्यहरुलाई तालिम दिएको हो । महासघका अध्यक्ष मोहन कटुवालले ग्रील व्यवसायिहरुलाई सगठित गर्न र एक आपसमा भाइचाराको विकास गर्दै व्यवसायिहरुबिच सहयोगात्मक भावनाको बिकास गर्न उक्त तालिम आयोजना गरेको बताए । उनले उक्त [&hellip;]</p>

काठमाडौं । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले ‘मोटिभेसनल प्रोग्राम अन डायनामिक लिडरसिप’ सम्बन्धि तालिम दिएको छ । महासंघले आफ्ना जिल्ला, क्षेत्र र इकाई समितिका पदाधिकारी सदस्यहरुलाई तालिम दिएको हो ।

महासघका अध्यक्ष मोहन कटुवालले ग्रील व्यवसायिहरुलाई सगठित गर्न र एक आपसमा भाइचाराको विकास गर्दै व्यवसायिहरुबिच सहयोगात्मक भावनाको बिकास गर्न उक्त तालिम आयोजना गरेको बताए । उनले उक्त तालिमलाई क्रमश देशका अन्य भागहरुमा पनि संचालन गर्ने बताए ।

महासघका वरिष्ठ उपाध्यक्ष निरन्जन कुमार श्रेष्ठले यो तालिमले ग्रील व्यवसायिहरुको नेतृत्वतहमा रहेका लिडरहरुलाई थप ज्ञान र हौसला मिलेको बताउदै यहाँ सिकेको ज्ञानलाई आफ्नो आफ्नो कर्म क्षेत्रमा गएर अरुलाई पनि सिकाउन अनुरोध गरेका थिए ।

महासंघको अनुसार तालिममा १७० जनाले सहभागिता जनाएका थिए । 

Share News