रमेश कर्पले अनाथालयमा मनायो तेस्रो संस्थापक दिवस

  २०७९ चैत ६ गते १८:२६     विकासन्युज

काठमाडाैं । रमेश कर्पोरेशनले आफ्नो तेस्रो संस्थापक दिवस अनाथालयमा मनाएको छ । कमेपनीले यस वर्ष काठमाडौंको नक्सालस्थित बालमन्दिर अनाथालयमा कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम आयोजना गरी मनाएकाे हाे ।

कम्पनीले रमेश कर्पोरेशनका संस्थापक रमेश गुप्ताको सम्झनामा उक्त कार्यक्रम आयोजना गरेकाे थियाे ।

रमेश कर्पोरेशनका सदस्यहरुले अनाथ आश्रममा भेला भई बालबालिकाहरु बीच चित्रकला प्रतियोगिता लगायत विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरु सञ्चालन गरेका थिए । सदस्यहरुले बालबालिकालाई एक महिनाको खाना र अन्य अत्यावश्यक खाद्यान्न पनि प्रदान गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.