सिभिल अस्पताल निर्देशकको कार्यकक्षमा ट्रेड युनियनका कर्मचारीले लगाए ताला

  २०७९ चैत ६ गते १३:३९     विकासन्युज

काठमाडौं । सिभिल अस्पतालले विभिन्न पदमा तीन सय ५० भन्दा बढी कर्मचारी माग गरेपछि अस्पतालमा कार्यरत कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन आन्दोलनमा उत्रिएको छ । आधिकारिक ट्रेड युनियनका कर्मचारीहरुले अस्पतालका अस्पतालका कर्मचारीले कार्यकारी निर्देशक, मेडिकल डाइरेक्टर र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन् । अस्पतालका कार्यकारी निर्देशकको राजीनामा माग गर्दै चैत २ गतेबाट उनीहरु आन्दोलनमा उत्रिएका छन् ।

अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुको स्थायित्वको सुनिश्चितता गर्नुपर्ने, बिनियमावली संशोधन गरी कर्मचारीहरुको तहगत बढुवा गर्नुपर्ने, दैनिक ज्यालादारी र सेसनमा नयाँ नियुक्ति गर्न नपाइने लगायतका माग राखेर कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

कर्मचारीहरुको हित र मर्मविपरित अस्पताल प्रशासनले एकलौटी गर्न लागेकाले आन्दोलनमा जानुपरेको ट्रेड युनियनका अध्यक्ष सन्तोष धिमालले सञ्चार माध्यमलाई बताएका छन् । उनका अनुसार भोलि देखि कर्मचारीले रिले अनशन शुरु गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.