तपाईंले फोन उठाउँदा भन्ने ‘हेल्लो’ शब्द कसरी विकास भयो, थाहा पाउनुहोस रोचक जानकारी

  २०७९ चैत ६ गते १०:५९     विकासन्युज

एटी एन्ड टी प्रमोशनल फिल्म (१९२६) मा अलेक्ज्याण्डर ग्राहम बेलको चित्रण गर्दै अभिनेता

एजेन्सी । अहिलेको समयमा झण्डै सबैजसो मानिसहरुले आफ्नो साथमा मोबाइल फोन बोकिरहेका हुन्छन् । तपाईंको मोबाइलमा कसैको फोन आयो वा तपाईंले गर्नुभयो भने तपाईंले ‘हेल्लो’ शब्द पहिला उच्चारण गर्नुहुन्छ ।

के तपाईंले कहिल्यै सोच्नुभएको छ की हामीले जहिल्यै फोन उठाउँदा वा गर्दा भनिने हेल्लो किन भन्छौं भन्ने कुरा ? ‘हेल्लो’ शब्दका पछाडि भएका रोचक तथ्य जानौं ।

अक्सफोर्ड शब्दकोशका अनुसार ‘हेल्लो’ शब्द पुरानो जर्मन शब्द ‘होला’बाट आएको हो । ‘होला’ अर्थ ‘के छ’ भन्ने हुन्छ । यो शब्दमा समयक्रमसँगै परिवर्तन आएर ई.सं. १३०० मा कवि चौसरको समयसम्म आउँदा ‘हालो’ बनेको थियो । त्यस्तै अर्का कवि शेक्सपियरको समयसम्म आउँदा यो शब्द ‘हालु’ बनेको थियो । त्यसपछि पनि यो शब्दमा निरन्तर परिवर्तन आउने क्रम जारी रह्यो ।

फोन उठाउने वित्तिकै ‘हेल्लो’ भन्ने चलन टेलिफोनका आविष्कारक अलेक्जेन्डर ग्राहमबेलले गरेको भन्ने कथन चर्चित रहेको छ । तर, सो तर्कमा सत्यता नभएको अर्को तर्क पनि उत्तिकै बलियो रुपमा पेश भएको पाइन्छ ।

वैज्ञानिक ग्राहम बेलले टेलिफोन निर्माण गरिसकेपछि आफ्नी प्रेमिका ‘मार्गरेट हेल्लो’ लाई पहिलो फोन गरेका थिए र सो समयमा उनले पहिला हेल्लो भनेका कारण हेल्लो शब्द टेलिफोन संवादमा प्रचलनमा आएको हो भन्ने गरिन्छ । तर, तथ्यहरुले के देखाउँछन भने ग्राहम बेलकी प्रेमिकाको नाम ‘मार्गरेट हेल्लो’ नै थिएन । उनको प्रेमिकाको नाम मेबेल हवार्ड थियो, जोसँग उनको विवाह समेत भएको थियो । साथै इतिहासमा यो पनि उल्लेख गरिएको छ की टेलिफोन निर्माण गरिसकेपछि वैज्ञानिक ग्रामबेलले सबैभन्दा पहिला उनको सहयोगीलाई फोन गरेका थिए । त्यतिबेला उनले हेल्लो नभनेर ‘य–होई’ भनेका थिए । सोसँगै सोही शब्द नै पछि टेलिफोन संवादमा प्रयोग हुन थाल्यो ।
टेलिफोनको आविष्कारपछि विस्तारै यसको आम प्रयोग बढ्न थाल्यो । फोनको आम प्रयोगमा मानिसहरुले शुरुको बोलीमा ‘आर यु दियर ?’ अर्थात तपाईं त्यहाँ हुनुहुन्छ ? अथवा तपाईंले मैले बोलेको सुन्दै हुनुहुन्छ भन्ने अर्थ लगाइन्थ्यो । तर, पछि टेलिफोन संवादमा ‘हेल्लो’ले स्थान लिएपछि ‘आर यु दियर’को प्रयोग हट्न पुग्यो ।

कसरी प्रयोगमा आयो ‘हेल्लो’ शब्दको प्रयोग ?
‘हेल्लो’ शब्द सबैभन्दा पहिला सन् १८३३ मा लिखित रुपमा प्रयोग भएको थियो । यो शब्द सन् १८८७ मा पहिलो पटक अर्का वैज्ञानिक थोमस अल्वा एडिसनले प्रयोगमा ल्याएका थिए, त्यसपछि अहिलेसम्म टेलिफोन संवादको क्रममा निरन्तर प्रयोगमा आएको छ । एडिसनले सन् १८७७ मा पिटस्बर्गको सेन्ट्रल डिस्ट्रिक्ट एण्ड प्रिन्टिङ टेलिग्राफ कम्पनीका अध्यक्ष टिबिए स्मिथलाई पत्र लेखेर टेलिफोन संवादमा ‘हेल्लो’ बोल्नुपर्ने प्रस्ताव गरेका थिए । उनकै सोही प्रस्ताव पछि प्रयोगमा आएको थियो, जसलाई आज हामीले प्रयोग गरिरहेका छौं । एजेन्सीहरुको सहयोगमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.